भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

आपराधिक घटना परिवार र आफन्तबाटै

आपराधिक घटना परिवार र आफन्तबाटै

बैतडी । केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै÷छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी दिएको हो । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन् । ”

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ का राजबहादुर चन्दले आफ्ना तीन महिने छोराको हत्या गर्नुका साथै बुबाआमा, श्रीमती र भाइलाई कुटपिटको गरेको घटना भएको थियो ।यसका साथै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नी छोरीलाई गोली हानी हत्याको घटना र गत माघ २१ गते दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाइ नातापर्ने दिनेश भट्टको संलग्नताको आरोप लागेको छ । ती केही आपराधिक घटना परिवार र आफन्तबाटै भएको जनाइएको छ । प्रनाउ अधिकारीले भन्नुभयो,“घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ । ”

मदिरा मुख्य कारण

बैतडीका भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ । नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुनेगरेका छन् । उहाँले भन्नुभयो, “ नब्बेप्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन्” दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलमासमेत मदिरा बिक्री हुने गरेको स्थानीयवासीले गुनासो गरेका थिए । मदिरा बिक्रीवितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने प्रहरीको जोड छ ।

चेतनाको कमीका कारणले पनि आपराधिक घटना बढिरहेका प्रहरीले जनाएको छ । चेतना अभावको कमीले पनि आपराधिक घटना हुने गरेका प्रहरी उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“चेतनाको अभावले यस्ता घटना बढेका देखिन्छन् ।” अन्य सहभागीले युवापीढिका लागि मनोपरामर्श जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोलटोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाइ गर्ने कार्यक्रम रहेको छ । हालसम्म पाटन र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तर रुपमा कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.