भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई प्रधानमन्त्री प्रचण्डको अपिल

आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् ।

भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएकोले संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए ।

हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको तर्क गरे । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अपिल गरे ।

नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रुपान्तरणको एजेन्डामा रहेको समेत उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.