भर्खरै : Sorry, your browser does not support inline SVG.
जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध |

आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द

आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द

बङ्गलादेश । बङ्गलादेश सरकारले मोबाइल इन्टरनेट नेटवर्क बन्द गर्न आदेश दिएको छ । आरक्षणको विरोधमा देशभर भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले मोबाइल इन्टरनेट बन्द गराएको हो । दूरसञ्चारमन्त्री जुनाइड अहमद पलकेले आन्दोलनका क्रममा अहिलेसम्म नौ जनाको ज्यान गएको र नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको जानकारी दिएको छ ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि विरोध गर्दै आएका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षण छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेको छ । तर यो प्रणालीले प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो ।

विरोध बढ्दै गएपछि सरकारले बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । सरकारले मुख्य विपक्षी दलको मुख्यालयमा छापा मार्न प्रहरीलाई आग्रह गरेको छ । प्रधानमन्त्री हसिना निरङ्कुश बनेर आन्दोलनलाई दमन गरेको भन्दै विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टीले बङ्गलादेश बन्दको आह्वान गरेको छ । बन्द सफल बनाउन जेसुकै कदम चाल्ने उसको चेतावनी छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.