इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको हो । तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ । सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा रहेको बताएको छ ।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा सहायताका लागि बसेका थुप्रै नागरिक रहेको शरणार्थी शिविरमा आक्रमण गरेको जनाएको छ । यो आक्रमणमा आक्रमणमा एक सय १४ प्यालेस्टाइनी मारिएको र चार सय जना घाइते भएका मन्त्रालयले दाबी गरेको छ । इजरायलले हमासका वरिष्ठ नेता निशाना बनाएको भन्दै आएको छ । तर हमास नेताले इजरायलले नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...