भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध एक महिलाले दिइन उजुरी

इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध एक महिलाले दिइन उजुरी

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ६५ करोड रुपैयाँबढी आर्थिक कारोबार गरिरहेका महिला व्यवसायी शान्ता बुढाथोकीले बैंकविरुद्ध उजुरी दर्ता गरेकी छन् । राष्ट्रिय महिला आयोगको कार्यालयलगायतमा उनले उजुरी हालेकी हुन् ।

ताकिन्जो इन्डस्ट्रिज प्रालि–डाइमी ट्रेडिङ प्रालि, हामीनिट इन्डस्ट्रिजलगायतका कम्पनीको सञ्चालक रहेकी बुढाथोकीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालविरुद्ध अभद्र व्यवहारको उजुरी दिएकी हुन् ।नायब सिइओले आफूलाई अन्याय गरेकाले पक्राउ गरी आवश्यक कारबाही गर्न बुढाथोकीले उजुरीमा माग गरेकी छन् ।

सो बैंकबाट करिब ६५ करोड रुपैयाँबराबरको कारोबार गर्दै आएको र नेपाल इन्भेस्टमेन्ट बैंकबाट पहिलोपटक ८ करोड ७८ लाख ९५ हजार रुपैयाँको सामान निर्यात गर्ने प्रयोजनका लागि र सोपश्चात् ४ करोड स्थिर सम्पत्तिमा खरिद लगानी गर्ने प्रयोजनार्थ ऋण स्वीकृत भएको बुढाथोकीले जानकारी दिइन् ।

सो ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको प्रक्रियामा रहेका कारणबाट कर्जा प्रवाह नभएको पनि उनले बताइन् । बैंकहरू एक आपसमा मर्ज भएपश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

शर्माको विश्वासमा परी गत २९ चैतको दिउँसो २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा कर्जा अब स्वीकृत हुँदैछ र त्यसका लागि मैले भनेको काम गर्नुपर्ने भनी अभद्र व्यवहार गरेको आरोप उनले लगाएकी छन् ।

बुढाथोकीले भनिन्, ‘म बसेको ठाउँमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकाले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो ? तपाईंजस्तो ओहदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भनेर भन्दा मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई, हामीले भनेको नमानेमा जे पनि हुन सक्छ भनी धम्कीपूर्ण भाषा प्रयोग गरी गाली गलौज गरे ।’

 


Thali Mobile Pvt.Ltd.