भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

इरानसँग कारोबार गर्ने भारतमाथि प्रतिबन्ध लगाइने उमेरिकाको चेतावनी

इरानसँग कारोबार गर्ने भारतमाथि प्रतिबन्ध लगाइने उमेरिकाको चेतावनी

तेहरान । अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने धम्की दिएको छ । भारत र इरानबीच चाबहार बन्दरगाह सम्झौता भएपछि अमेरिकाले उत्त धम्की दिएको हो । चाबहारमा शाहिद बेहेश्ती बन्दरगाह टर्मिनलको विकासका लागि दीर्घकालीन सम्झौतामा अमेरिकी प्रतिक्रियालाई उल्टो रूपमा हेरिएको छ।

सन् २०१८ को नीति अन्तर्गत अमेरिकाले चाबहार बन्दरगाह विकासका लागि भारतलाई केही प्रतिबन्धबाट छुट दिएको थियो। चाबहार बन्दरगाहबीच भएको सम्झौताले अफगानिस्तान, मध्य एशिया र यूरेशियासँग भारतको सम्बन्धलाई बढावा दिने बताएको छ।

१० वर्षसम्म उक्त बन्दरगाह भारतले प्रयोग गर्ने सम्झौता सोमवार भएको थियो। अमेरिकी विदेश मन्त्रालयले वक्तव्य दिँदै इरानसँग कारोबार गर्ने देशमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएको छ। अमेरिकाले इरानी बन्दरगाह चाबहार सम्झौता गर्न भारतलाई कुनै छुट नदिएको दावी गरेको छ। भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले इरानसँग कारोबार गर्नेले के खतरा मोल्नुपर्छ भन्ने थाहा पाउनुपर्ने चेतावनी दिएका छन्।

इरानको सडक तथा शहरी विकास मन्त्रालयका अनुसार सम्झौताबाट भारतलाई इरानको सिमाना नजिक रहेको बन्दरगाह प्रयोग गर्न १० वर्षको सुविधा दिनेछ। यो बन्दरगाह पाकिस्तानसँगको सिमाना नजिकै पर्छ।

 

 


Thali Mobile Pvt.Ltd.