भर्खरै : Sorry, your browser does not support inline SVG.

उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

काठमाडौं । थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लगिएको छ। श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई बुधबार बिहान भारत लगिएको हो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए।

सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो। अस्पतालका चिकित्सककै सल्लाहमै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको जनाइएको छ ।

पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुने जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.