भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः अध्यक्ष नेपाल

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः अध्यक्ष नेपाल

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का. अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताए ।उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा एमाले परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले भन्नुभयो, “हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन् ।” पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए ।पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नसका साथै सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गर्नुभयो । एमाले निकट मजदुर सङ्गठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.