भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

मुख्य बुँदा

भोटेकोशी बाढीमा बेपत्ता ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक ।

सूचीमा सबैभन्दा बढी रसुवाका १ हजार ५८३ जना ।

सात देशका १७१ विदेशी नागरिकको विवरण पनि सार्वजनिक ।

बेपत्ता व्यक्ति जीवित वा फेला परेको भए सात दिनभित्र दाबी पेस गर्न आग्रह ।

बाढीमा १ हजार ४५७ जनाको मृत्यु पुष्टि भएको र ५ हजार २८५ जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क ।

काठमाडौँ, २१ कार्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले सम्बन्धित ३२ जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरणका आधारमा सूची सार्वजनिक गरेको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपत्ता छन् । त्यस्तै धनकुटा, डडेलधुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर र कैलालीसहित ३२ जिल्लाका बेपत्ताको विवरण समेटिएको छ ।

यसैगरी सात देशका १७१ जना विदेशी नागरिक बेपत्ता भएको विवरण पनि सार्वजनिक गरिएको छ । बेपत्ता भनिएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यले सात दिनभित्र दाबी पेस गर्न प्राधिकरणले आग्रह गरेको छ ।

स्वदेशी नागरिकको हकमा सम्बन्धित पालिकाको सिफारिस र जिल्ला समितिको निर्णय तथा विदेशी नागरिकको हकमा कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा सूची तयार पारिएको प्राधिकरणले जनाएको छ ।

३२ जिल्लाबाहेकका थप विवरण प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणको भनाइ छ । सार्वजनिक गरिएको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ ।

गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी एक हजार ४५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार उक्त बाढीमा पाँच हजार २८५ जना अझै बेपत्ता रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.