भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि |

हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान

हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान

बाजुरा, २२ कात्तिक । उच्च हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात हुन थालेपछि बाजुराका भेडापालक किसान बेसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षा र हिमपातपछि चरनको अभाव हुन थालेसँगै किसानले भेडीगोठलाई न्यानो ठाउँतर्फ सार्न थालेका हुन् ।

बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापा परिवारसहित २०० भेडा लिएर बेसी झरेका छन् । उनी साँफे–मार्तडी सडकखण्ड हुँदै अछामको गैलतर्फ लागेका हुन् ।

थापाका अनुसार गाउँमा चिसो बढ्नुका साथै हिउँ पर्न थालेपछि भेडा चराउन समस्या भएको छ । त्यसैले चिसो छल्न र चरनको सहजताका लागि चैत–वैशाखसम्म बेसीमै बस्ने गरी परिवारसहित हिँडेको उनले बताए ।

हिउँदमा भेडाबाख्रालाई चिसोबाट जोगाउन र पर्याप्त घाँस तथा चरन उपलब्ध गराउन किसानले पुस्तौँदेखि मौसमी बसाइँसराइ गर्दै आएका छन् । उच्च लेकाली क्षेत्रमा चिसो बढ्दै जाँदा भेडाका लागि चरन अभाव हुने भएकाले उनीहरू बथानसहित न्यानो भूभागतर्फ झर्ने गर्छन् ।

बाजुराका उच्च हिमाली क्षेत्रका भेडापालक किसान हिउँदमा बूढीगङ्गा, खप्तड छेडेदहलगायत जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्ला डोटी र अछामका क्षेत्रमा पुगेर बस्ने गर्छन् । परम्परागत मौसमी बसाइँसराइ बाजुराको पशुपालन र ग्रामीण जीवनशैलीसँग जोडिएको अभ्यासका रूपमा रहँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.