भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि |

कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा

कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा

मुख्य  बुँदा

हेलम्बुका किसानले झण्डै ३०० किलो सयपत्री फूल काठमाडौँ ल्याएका छन् ।

कृषि एम्बुलेन्समार्फत फूल तथा मौसमी कृषि उपज राजधानी पुर्‍याइएको हो ।

मखमली, एभोकाडो, जुनार र हलुवावेदसमेत बिक्रीका लागि ल्याइएको छ ।

ढुवानी लागत घटाउने र किसानलाई उचित मूल्य दिलाउने लक्ष्य ।

स्थानीय उत्पादनको बजारीकरणमा गाउँपालिकाको पहल ।

सिन्धुपाल्चोक, २२ कार्तिक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानले उत्पादन गरेको झण्डै ३०० किलो सयपत्री फूलसहित विभिन्न कृषि उपज काठमाडौँको बजारमा पुर्‍याइएको छ ।

गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ मार्फत किसानका उत्पादन राजधानीसम्म पुर्‍याइएको हो । ढुवानी र बजारको उचित व्यवस्था नहुँदा यसअघि किसानले आफ्ना उत्पादन बारीमै कुहाउनुपर्ने वा न्यून मूल्यमा बेच्नुपर्ने अवस्था थियो ।

गाउँपालिकाका वरिष्ठ कृषि प्राविधिक उद्धव कार्कीका अनुसार कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलो पटक ठूलो परिमाणमा सयपत्री, मखमली फूललगायत एभोकाडो, जुनार र हलुवावेद बिक्रीका लागि काठमाडौँ ल्याइएको हो ।

कृषि एम्बुलेन्सले ढुवानी लागत घटाउनुका साथै किसानलाई बजारसम्म सीधा पहुँच पुर्‍याउन सहयोग गरेको गाउँपालिकाको भनाइ छ । यसबाट बिचौलियाको प्रभाव घट्ने र किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने यो पहलले हेलम्बुका किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्नुका साथै तिहारका बेला फूल तथा अन्य कृषि उपजको बिक्री बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.