भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि |

दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा

काठमाडौँ, २२ कार्तिक । काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा बारमा आगलागी भएको थियो । दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आगो नियन्त्रणमा लिन लाउन्ज बारका केही संरचना भत्काउनुपरेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन तथा मूल्याङ्कन भइरहेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने आशङ्का गरिएको छ । तर यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.