एमसीसी संसदबाट पास र निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री खाँण

एमसीसी संसदबाट पास र निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री खाँण

पोखरा । सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने दावी गृहमन्त्री बालकृष्ण खाँणले गरेका । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताए ।

खाँणले भने, ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ, स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’

यता निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा सम्पन्न भएको थियो । खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने जनाएका हुन् ।

फरक प्रसंगमा मन्त्री खाँणले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरे । सरकारले नै प्रस्ताव परेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको जिकिर गरे ।

एमसीसी कुनै सैन्य परियोजना नभएको भन्दै उनले नेपालको भौतिक विकासका लागि उपयुक्त परियोजना आएको दावी गरे । खाँण भने, ‘एमसीसी सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ ।’

 


Thali Mobile Pvt.Ltd.