एमाले बागमती प्रथम अधिवेशनः नेतृत्वका लागि रस्साकस्सी

एमाले बागमती प्रथम अधिवेशनः नेतृत्वका लागि रस्साकस्सी image

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको आज बन्दसत्र हुँदैछ। बन्दसत्र सुरु भएको र नेतृत्वका लागि रस्साकस्सी परेको एमालेले जनाएको छ ।

प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताइएको छ। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । अधिवेशनमा १३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन् ।

नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेपनि सहमति नहुने छाट देखिएको छ। आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ।

बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष केशवराज पाण्डे र सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् ।

उनीहरुमध्ये कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धाको सम्भावना रहेको छ। सहमतिको प्रयासमा केन्द्रीय कमिटीका पदाधिकारी नै खटिएका छन्।सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी भइरहेको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार उद्घाटन समारोहमा पार्टीको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने संकेत गरेका थिए । उनले प्यानल बनाएर चुनाव लडेको भेटिए नेतृत्वले कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda