भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

असोज २६ गते देखि २८ गतेसम्म नगरकोटमा सडक महोत्सव हुँदै

असोज २६ गते देखि २८ गतेसम्म नगरकोटमा सडक महोत्सव हुँदै

भक्तपुर । यही असोज २६ गते देखि २८ गतेसम्म नगरकोट सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव २०८० असोज २६ गते देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो । नगरकोटको पर्यटन प्रर्वद्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हव बनाउँन सडक महोत्सव आयोजना गर्न लागेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदिप अघिकारीले जनाकारी दिनुभयो ।नगरकोट भ्रमण वर्ष २०८२ लाई सार्थक बनाउँन असोज २६ गते देखि २८ गतेसम्म नगरकोटमा सडक महोत्सव हुँदै

उहाँले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरि नगरकोटको सर्वागिंण सामाजिक विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप सडक महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा स्टल संख्या २५ रहने छ । नगरकोट प्रहरी चौकी तल मुल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकालि स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको संचार सहयोगिमा कैलाश खबर टेलिभिजन, सगरमाथा टेलिभिजन, शिखर एफ.एम, नगरकोट न्युज रहेका छन् । प्रत्यक्ष सांगितिक एवम् स्थानिय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरु प्रदर्शनमा रहने छन् ।

 


Thali Mobile Pvt.Ltd.