भक्तपुर । यही असोज २६ गते देखि २८ गतेसम्म नगरकोट सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव २०८० असोज २६ गते देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो । नगरकोटको पर्यटन प्रर्वद्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हव बनाउँन सडक महोत्सव आयोजना गर्न लागेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदिप अघिकारीले जनाकारी दिनुभयो ।
उहाँले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरि नगरकोटको सर्वागिंण सामाजिक विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप सडक महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
महोत्सवमा स्टल संख्या २५ रहने छ । नगरकोट प्रहरी चौकी तल मुल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकालि स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।
महोत्सवको संचार सहयोगिमा कैलाश खबर टेलिभिजन, सगरमाथा टेलिभिजन, शिखर एफ.एम, नगरकोट न्युज रहेका छन् । प्रत्यक्ष सांगितिक एवम् स्थानिय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरु प्रदर्शनमा रहने छन् ।
