भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

एमाले, माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच झडप

एमाले, माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारका क्रममा वडा–१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो ।

झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएको नेकपा (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिका कमिटीले जनाएको छ ।झडपमा घाइते राजु दङ्गाललाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् ।

अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका छन् । यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन् ।

माओवादी केन्द्रका वडाअध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन् । त्यसैगरी नेपाली कांग्रेस आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते भएका छन् ।

त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झपडमा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् ।

वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन् । विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.