भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

एसिया कप क्रिकेटस् भारत र पाकिस्तानबिच आज खेल हुँदै

एसिया कप क्रिकेटस् भारत र पाकिस्तानबिच आज खेल हुँदै

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबिच आज खेल हुँदैछ। श्रीलङ्काको कोलम्बोमा हुने यी दुई बिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ। खेल श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।

समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो। सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन। सुपर फोर मा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ।

यसै विच भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ ११ घोषणा भइसकेको छ। बाबर अजामको कप्तानीमा प्लेईङ ११ को घोषणा भएको हो।

पाकिस्तानको प्लेईङ ११

बाबर अजाम ९कप्तान०, सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, फहिम असरफ, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.