भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको छ ।

यो अवस्थामा बस्न लागेको बैठकले कस्तो मोड लिने भन्नेमा सबैको चाँसो छ ।

बालुवाटारमा हुने संयन्त्रको बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका नेताहरूको उपस्थिति रहने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.