भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

औकात भूल्दै मन्त्री आले, पार्टी बचाउन एमसीसी पारित

औकात भूल्दै मन्त्री आले, पार्टी बचाउन एमसीसी पारित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आलेले सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपमान गरेका छन् ।

राजधानीमा बसेको एकीकृत समाजवादीको बैठकमा आलेले नेता खनालललाई तल्लोस्तरको भाषा प्रयोग गरेर अपमान गरेको नेताहरुले बताएका छन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीका विषयमा वरिष्ठ नेता खनालले जथाभावी बोलेको भन्दै आलोचना गरेपछि आलेले हैसियत भूल्दै तल्लोस्तरकै व्यवहार देखाए ।

मन्त्री आलेले एमसीसीको विरोध सकिए र अब विरोध नगर्न सूझाव दिए । एमसीसीका नाममा विवाद गर्दा केपी ओलीलाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आले टिप्पणी छ ।

अध्यक्ष नेपालले नेताहरुलाई सम्झाउँदै एमसीसी पारित नभएको भए आफ्नो पार्टी नै खारेज हुने जानकारी बैठकलाई गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.