भर्खरै : Sorry, your browser does not support inline SVG.

कञ्चनपुरको पुनर्वासमा नेकपा विजयी

कञ्चनपुरको पुनर्वासमा नेकपा विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन ।

तामाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे । यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो ।