कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा पदाधिकारी बैठक बस्दै

कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा पदाधिकारी बैठक बस्दै

काठमाडौं । पछिल्लो समय देखा परेको विवाद समाधानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक बस्दै छ ।

कमल थापा अलग भएपछि पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गर्न बैठक डाकिएको नेता सुन्दर पाण्डेले बताए ।

बैठकमा देशभर सङ्गठनले गरेका राजनीतिक तथा सामाजिक गतिविधि, आवश्यक कार्ययोजनाका बारेमा समेत छलफल हुने उनको भनाइ छ । पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् ।

गत मङ्सिरमा पार्टीको एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको, निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानविन गर्न

समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.