भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कर्णालीका मुख्यमन्त्री शाहीले मङ्सिर १४ गते विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शाहीले मङ्सिर १४ गते विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्।

प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम शाहीले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । गत कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 


Thali Mobile Pvt.Ltd.