भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कर्णालीमा पोषणको आवश्यकता

कर्णालीमा पोषणको आवश्यकता

कर्णाली । कर्णालीमा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पोषण शिक्षा आवश्यक्ता भएको बताएका छन् ।

नीति तथा योजना आयोग सुर्खेतले आयोजना गरेको बहुक्षेत्रीय पोषण योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले नागरिकले खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिदै यस्तो बताएका हुन । कर्णालीमा कुपोषणले घेरेको र थुप्रै रोग संग कर्णालीले लड्नु परेकोले तालिम र प्रशिक्षण भन्दापनि पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको बताए ।

कर्णालीबासीले भोक लागेपछि मात्र खाने अवस्था रहेकाले अब प्रदेशलाई नै कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वजित खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी र युनिसेफका नेपाल प्रतिनिधि प्रकाशचन्द्र जोशीले कर्णालीको पोषणसम्बन्धी अवस्थाका बारेमा बताएका थिए । कार्यक्रममा तथ्याङ्कीय प्रस्तुति पनि प्रस्तुत भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.