भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइयो

कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइयो

काठमाडौं । प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ । कानुनविपरीत पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गरेका हुन् ।

ठूलो सङ्ख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी रूपमा विदेश भ्रमण गर्ने गरेको पाइए पनि यकिन तथ्याङ्क भने सङ्कलन नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयले जनाएको छ ।

प्रदेश तथा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी प्रदेश सरकारबाट सिफारिस भई आएका विषयमा विश्लेषण गर्दा पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको सो कार्यालयका सूचना अधिकारी कविता फुयाँलले बताइन् ।

प्रदेश तथा स्थानीय तहका पदाधिकारीको धेरैजसो निमन्त्रणा व्यक्तिगत रूपमा प्राप्त भएको, गैरसरकारी संस्थाबाट विदेश भ्रमणको कार्यक्रम आयोजना भएको, सम्बन्धित पदाधिकारीको कार्यक्षेत्रसँग सम्बन्धित नभएको, कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकता पुष्टि नभएको पाइएको छ ।

आगामी दिनमा वैदेशिक भ्रमण गर्नुपूर्व प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग अवलम्बन गर्नुपर्ने कार्यविधि र सम्बन्धित निर्देशिका बमोजिम परराष्ट्र मन्त्रालयको सहमति लिएपछि मात्र मनोनयन गर्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.