कसले रेट्यो वृद्धको घाँटी

कसले रेट्यो वृद्धको घाँटी

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका घाँटी रेटिएको अवस्थामा एक जना वृद्ध घाइते फेला परेका छन् ।

महमाईसँग सिमाना जोडिएको जंगलमा शिवसताक्षी वडा नं ११ का ७२ वर्षीय धनबहादुर राई घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । घाइते राईलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल ल्याइएको छ ।

कसले हतियार प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.