भर्खरै : Sorry, your browser does not support inline SVG.
दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति | सरकारका गतिविधिले नागरिकलाई सन्तुष्ट पार्न सकेनन् : प्रचण्ड | संसदमा एमालेको आक्रोश : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप | कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त | प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने | पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक |

थप ८२१ संक्रमित थपिदा १८ को मृत्यु, नेपालमा संक्रमितको संख्या २ लाख ४९ हजार नाघ्याे

थप ८२१ संक्रमित थपिदा १८ को मृत्यु, नेपालमा संक्रमितको संख्या २ लाख ४९ हजार नाघ्याे

काठमाडौँ । नेपालमा थप ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ हजार ७ सय १६ पुगेको छ।

नेपालमा हालसम्म सक्रिय संक्रमितमध्ये १० हजार ९ सय ५५ रहेको छ । ८ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।

विवरण
प्रदेश १
इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटा«मा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश २
धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेश
काठमाडौंमा २४६, काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश
कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश
अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रोल्पामा २ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेश
जुम्लामा १, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेश
अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जननएको छ ।

 


Thali Mobile Pvt.Ltd.