भर्खरै : Sorry, your browser does not support inline SVG.
अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु | डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी | ५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत | वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द |

‘कहीँ नभएको जात्रा’हाँडीगाउँमा शुरु भयो

‘कहीँ नभएको जात्रा’हाँडीगाउँमा शुरु भयो

काठमाण्डौ । चोक्काथुनारायण जात्रा शुरु भएको छ । काठमाण्डौ महानगरपालिका–५ को हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने उक्त जात्रा सुरु भएको हो । जात्राका क्रममा आइतबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखेर जात्रा चलाउने व्यवस्था गरिएको थियो ।

गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो । हरेक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।

तीन नारायण एवम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा देशका अन्य ठाउँ र जात्राको भन्दा फरक छ । अन्य ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने तर यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.