काँग्रेसमा पौडेल पक्ष फेरी पेलानमा

काँग्रेसमा पौडेल पक्ष फेरी पेलानमा

काठमाडौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा मत विभाजिन भएको छ । संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेमा जोड दिइरहेको छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने मिति सार्ने विषयमा मन्जुर छैन । आसन्न फागुन ७—१० मा महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका कोरोना महामारी र पार्टीभित्रको आन्तरिक कलहले प्रभावित भइसकेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणदेखि विवाद छानबिन गर्नेसम्मको तालिका प्रभावित हुनुले नै पुष्टि गरेको छ ।

अहिले वितरण र नवीकरणको ५० प्रतिशत काम पनि सम्पन्न भएको छैन ।शुक्रबारको केन्द्रीय समितिमा महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा पौडेल पक्ष मन्जुर नभएपछि क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.