काँग्रेसमा ४१ प्रतिशत हिस्सा खोज्दै गगन

काँग्रेसमा ४१ प्रतिशत हिस्सा खोज्दै गगन

काठमाडौं । कांग्रेसको शेखर कोइराला समूहले शेरबहादुर देउवा सबैको नेता बन्न नसकेको निष्कर्ष निकालेको छ । विधानले दिएको अधिकार उपयोगमा अनुदार र विधि पालनामा उदासीन भएको समूहको आरोप छ ।

दुई दिनसम्म चलेको शेखर समूहको बैठकले पार्टीलाई विधिसम्मत चलाउने सभापतिलाई दबाव दिने र महाधिवेशनमा पाएको मतअनुसार पार्टीमा हिस्सेदारी खोज्ने निष्कर्ष निकालेको छ ।

६ महिनाको कामकारबाही हेर्दा देउवा ४१ प्रतिशत महाधिवेशन प्रतिनिधिको सभापति नै बन्न नसकेको आरोप लगाउँदै योग्यताअनुसार अवसर र त्यसका लागि भागवण्डा खोज्दै भेला भएका सहभागी एक नेताले ४१ प्रतिशत महाधिवेशन प्रतिनिधिको सभापति बन्न नसकेको बताए ।

अब ४१ प्रतिशत हिस्सा चाहिने नेता गगन थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.