भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । स्थानीय तहका निर्वाचन तयारी, रोकिएका १६ जिल्लाको अधिवेशन र म्याद गुज्रिएका भ्रातृ संस्थाको विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेपछि कांग्रेसले निर्वाचनसहित भ्रातृ संस्थाका विषयमा छलफल गर्न लागेको हो ।

बैठकअघि बुधबार कार्य सम्पादन समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न भन्दै पदाधिकारी बैठक बसेको थियो ।

बैठकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग राय सल्लाह लिने नेताहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.