कांग्रेस प्रदेश अधिवेशनको उममेदवार मनोनयन आज

कांग्रेस प्रदेश अधिवेशनको उममेदवार मनोनयन आज

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।

बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको र आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । उनका अनुसार भोलि शनिबार मात्रै मतदान हुनेछ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँने छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रदेश १ मा आज बिहान उद्घाटन सत्र राखिएको छ भने आजै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको नेपाली काँग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.