भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कांग्रेस–माओवादीबीच खटपट हुदा समाजवादी चेपुवामा

कांग्रेस–माओवादीबीच खटपट हुदा समाजवादी चेपुवामा

काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । केन्द्रको निर्णयविपरीत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धन दलबीच मतभेद सुरु भएको छ ।

प्रतिनिधिसभातर्फ काठमाडौंका १० सिटमध्ये कांग्रेसले ६, माओवादीले ३ र एकीकृत समाजवादीले एक सिटमा उम्मेदवारी दिने सहमति भएको थियो। तर, सहमतिविपरीत माओवादीले आफ्नो भागमा परेको काठमाडौंका क्षेत्रहरू २, ७ र ९ बाहेक पनि ३ र १० मा उम्मेदवारी दिएको छ।

१० कांग्रेसको भागमा परेर राजन केसीले टिकट पाए पनि त्यहाँ माओवादीबाट अञ्जना विशुंखले अटेरी गरेर प्रतिनिधिसभामा उम्मेदवारी दिएकी छन् । सहमतिविपरीत दिएको उम्मेदवारी फिर्ता लिन कांग्रेसले दवाव दिए पनि अन्तिममा मित्रवत प्रतिस्पर्धाका लागि तयार भएको छ।

तर, प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी दिएर माओवादीले केन्द्रको निर्णयलाई चुनौती दिएको छ । क्षेत्र नम्बर १० को प्रदेशतर्फको १ मा माओवादीले दिलिप महर्जनलाई उठाएको छ भने एकीकृत समाजवादीको भागमा परेको २ मा गणेशबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस माओवादीको विवादका कारण प्रदेशसभाको २ मा उम्मेदवारी दिएकी समाजवादीकी रमा आले मगर साझा उम्मेदवार बन्नबाट बञ्चित भएकी छन् ।

केन्द्रले १० (क) कांग्रेस र माओवादीका उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा गर्न शुक्रबार अनुमति दिए पनि १० (ख) मा समेत आफ्नो उम्मेदवारी कामय रहेन निर्णय माओवादीले गरेको छ।

काठमाडौं १० का इञ्चार्ज उर्गेन लामा र प्रदेश २ का इञ्चार्ज पुरुषोत्तम सुनुवारले विज्ञप्ति जारी गर्दै केन्द्रको निर्णयप्रति असहमति रहेकाले तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार कायम रहने जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.