भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

काठमाडौं तराई द्रुतमार्गको निर्माण तीव्रगतिमा : नेपाली सेना

काठमाडौं तराई द्रुतमार्गको निर्माण तीव्रगतिमा : नेपाली सेना image

काठमाडौं तराई द्रुतमार्गको निर्माणको कार्यले तीव्रता पाएको छ ।
तोकिएकै समयमा निर्माण सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको निर्माणको व्यवस्थापकीय जिम्मेवारी पाएको नेपाली सेनाले जनाएको छ । दु्रतमार्ग ७२.५ किलोमिटर लम्बाइको हेने छ । यस मध्य ५५ किलोमिटर सडक निर्माण गरिने छ । २० किमिमा पुल र ६ किमिमा टनेल निर्माण गरिने जनाइएको छ ।
दु्रत मार्गको निर्माण पुल, सुरूङ र सडक गरी तीन भागमा विभाजन गरी काम भइरहेको छ । हालसम्म सडकको ८० प्रतिशत काम सकिएको नेपाली सेनाले जनाएको छ । सडक निर्माणको ५५ किलोमिटर मध्ये ३० किलोमिटर सडकको ट्र¥याक खोल्ने काम भइसकेको छ । बाँकी २५ किलोमिटर सडकको काम तीव्रगतिमा भइरहेको सेनाले जनाएको छ ।
२०७६ साल भित्र रोड वे कटिङ र फिलिङको काम सकिसक्ने र २०७७ सालमा पुल र सुरूङको कामलाई तीव्रता दिने योजनामा नेपाली सेना रहेको जनाइएको छ ।

१ सय २० मिटरसम्म पहाड काटेर सडक निर्माण भइरहेको छ । कडा ढुंगा भएका स्थानमा विस्फोट गरेर पनि सडक निर्माण कार्य दिनरात ननिनी भइरहेको छ । यसरी निर्माण कार्यले प्राथमिकता पाएमा तोकिएकै समयमा निर्माण कार्य सम्पन्न हुने सेनाको विश्वास रहेको छ ।
द्रुत मार्ग पहाडमा २५ र तराइमा २७ मिटर गरी एसियन हाइवे स्ट्याण्डर्डको सडक निर्माण हुने जनाइएको छ । यसै अन्तरगत सडकसँगै छेउका संरचना, रिटेनिङ वाल, पाइप कल्भर्ट र बक्स कल्भर्टलगायतका संरचनाहरू निर्माण तीव्र गतिमा भइरहेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.