भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

काठमाण्डौमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने

काठमाण्डौमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने

काठमाण्डौ । असार २ गतेदेखि ५ गतेसम्म काठमाण्डौमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ । नेपाल कफी व्यवसायी महासङ्घले कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको जनाएको हो । महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, आयोजना गर्न लागेको हो ।

सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तर्क्रिया गरिने महासंघले जनाएको छ । सम्मेलनबाट कफीका उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घले आशागरेको छ ।

उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घले निकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.