भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना

काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०(०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ । बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा तीन सय ७५ वटा सिँचाइ योजना सञ्चालन हुने भएका हुन् ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर दीपक थापाका अनुसार यस वर्ष जिल्लामा सञ्चालन हुने ठूला सिँचाइका आयोजनामा नमोबुद्ध नगरपालिका–८ मा रु एक करोड १७ लाखको पिपलटार सिँचाइ योजना, रोशी गाउँपालिका–४ मा रु ९० लाखको कटुञ्जबेँसी लिफ्ट सिँचाइ ९सोलार प्रणाली० योजना, नमोबुद्ध–२ मा रु ९० लाखको काशीखण्ड सिँचाइ योजना, नमोबुद्ध–६ मा रु ८० लाखको जाइफल डेडा तल्लोबेँसी सिँचाइ योजनाका लागि बजेट विनियोजन भएको छ ।

यस्तै खानीखोला गाउँपालिका–७ मा रु ९० लाखको बागमती दुर्लुङ दोभान बोरनवेशी महाँकाल बृहत् सिँचाइ आयोजना, रोशी–९ मा रु ८० लाखको मङ्गलटार लिफ्ट सिँचाइ योजना र सोही गाउँपालिका वडा नं ६ मा रु दुई करोडको महाभारत सेती शिकारी लेखपानी कालीञ्चोक खार्पाचोक सिँचाइ योजनाको काम हुने थापाले बताए ।

उनका अनुसार चालु आवमा निर्माण हुने ठूला सिँचाइ योजनामध्ये कटुञ्जेबेँसी लिफ्ट सिँचाइ, जाइफल डेडा तल्लोबेँसी र बागमती दुर्लुङ दोभान बोरनबेँसी सिँचाइ योजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अघिल्लो आवमै सकिएको हो ।

चालु आवमा बागमती प्रदेश सरकारबाट सिँचाइका ठुला साना गरी तीन सय ५२ योजनाअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकामा ३८, मण्डनदेउपुर नगरमा ३९, भुम्लु गाउँपालिकामा २०, धुलिखेल नगरमा २४, बनेपा नगरमा १५, पनौती नगरमा साना ठूला सिँचाइ गरी २३ योजना, नमोबुद्ध नगरमा २६, रोशीमा ५६, तेमालमा २५, महाभारतमा २६, खानीखोलामा २१, बेथानचोकमा १३ र चौरीदेउराली गाउँपालिकामा २६ वटा योजनामा बजेट विनियोजन भएको कार्यालयले जनायो ।

यस वर्ष सङ्घीय सरकारबाट भने करिब २५ वटा योजनामा बजेट विनियोजन गरिएको छ । आयोजना सञ्चालनार्थ ठेक्का आह्वान तथा सम्झौता प्रक्रियाको काम भइरहेको थापाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । कार्यालयले गत आवमा कूल सिँचाइ योजनामध्ये ८९ प्रतिशतको निर्माणकार्य सम्पन्न गरेको जनाएको छ ।

जसमध्ये प्रदेशतर्फका एक सय १३ मध्ये एक सय आठ र सङ्घीय सरकारतर्फका ६० योजनामध्ये ४६ वटाको काम सम्पन्न गरेको थापाले बताए । गत वर्षबाट सुरु गरिएका १३ वटा बहुवर्षीय सिँचाइका योजनामध्ये पाँच योजनाको काम सम्पन्न भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.