भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कारागारमै कैदी मृत्यु

कारागारमै कैदी मृत्यु

सिन्धुली । सिन्धुलीको कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक जना कैदी बन्दीको मृत्यु भएको हो । तिहारमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका विमल मगर एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मगरको मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.