भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

कुखुरा फर्ममा आगलागी हुँदा सिन्धुपाल्चोकमा बालकको मृत्यु

कुखुरा फर्ममा आगलागी हुँदा सिन्धुपाल्चोकमा बालकको मृत्यु

सिन्धुपाल्चोक । कुखुरा फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । बिहान ९ बजे बलेफी गाउँपालिका– ४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी भएको हो ।

उक्त आगलागीमा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले बताए । वडा ४ का वडाध्यक्ष सुर्के तामाङले फर्म सञ्चालन गर्दै आएका थिए ।

फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो । घटनास्थलमै उनको मृत्यु भएको डिएसपी बुढाथोकीले बताए ।

सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ ।

कसरी आगलागी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.