भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

के छ बालकृष्ण खाणको अवस्था ? दोषीलाई हदैसम्मको कारबाही माग

के छ बालकृष्ण खाणको अवस्था ? दोषीलाई हदैसम्मको कारबाही माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर हुनबाट बचाउन परपञ्च रचिदै गरेको जनगुनासा उठ्न थालेका छन् । जिल्ला अदालत काठमाडौंमा जारी थुनचेक बहसमा पनि तीन दिन यता बहसको अन्त्य अनौठो गरी हुन थालेको छ ।

अभियुक्तलाई थुनामा राखेर वा धरौटी वा तारेखमा छोडेर मुद्दाको सुनुवाई गर्ने निर्णय दिन बहस सक्दो छोट्याउने गरिन्छ । तर तीन दिनदेखि यता भने यो प्रयास बिथोलिँदै आएको बुझिएको छ ।

टेकनारायण पाण्डेका वकीलले बहस सकाएपछि बाँकी अभियुक्तका कानून व्यावसायी तयार नहुँदा जेठ २८ अपरान्ह साढे ४ बजे नै इजलास स्थगित भएको थियो । पूर्व गृहमन्त्री बालकृष्ण खाणका कानून व्यावसायीलाई बहस आजै सक्न न्यायाधीश न्यौपानेले आग्रह गरे ।

तर १० जनाले बहस गर्दा पनि थप वकील बहसका लागि अगाडि बढे । थुनचेक बहसमा सुनुवाई लम्बिरहेको छ । खाणको प्रतिरक्षामा मात्र बारका वर्तमान पदाधिकारीदेखि पूर्व पदाधिकारीसम्मले बहस गर्दैछन् । खाणका तर्फबाट बहस गरेका वकीलले ६ वटा विषयमा प्रतिरक्षा गरेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा प्रहरीले ३० जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १८ जना पक्राउ परेका छन् भने बाँकी फरार छन् ।

२८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगोसहित ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकुलको कसुर र एकीकृत कसुरमा मुद्दा विचाराधीन छ । दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने वकिलहरुले बहस गरिरहेका छन् ।

जनस्तरबाट पनि राष्ट्रद्रोहीहरुलाई हदै सम्मको कारबाहीको माग उठेको छ । दोषी नउम्किउन र निर्दोष नफसुन भन्ने आधारबाट वकिलहरुले बहसलाई अगाडि बढाइरहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.