भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

मेयर हर्क साम्पाङको कडा परिश्रमबाट धरानमा आइछाड्यो पानी

मेयर हर्क साम्पाङको कडा परिश्रमबाट धरानमा आइछाड्यो पानी

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कडा मेहनतले गर्दा कोकाहा खोलाको पानी ल्याउन सफल भएको छ ।

तीन महिनाअघि धरानमा पानी ल्याउने अभियान सञ्चालन गरेका उनले ४० किलोमिटर टाढा रहेको कोकाहाबाट जंगल, भीरपाखामा पाइप विछ्याउँदै पानी ल्याउन श्रमदातासँगै मेयर साम्पाङको श्रम अभियान सफल भएको हो ।

पछिल्ला तीन दिनयता उनी कोकाहाको पानी नल्याएसम्म धरान नआउने दृढताका साथ श्रम अभियानमा खट्दै आएका थिए । त्यसयता उनले रात दिन श्रमदानस्थलमै बिताउँदै आएका थिए ।

सोमबार मध्यरात १२ बजे कोकाहाको पानी पकुवा खोला किनारमा आइपुगेको हो । पानी आएसंगै श्रमदाताहरु उत्साहित भएका थिए । श्रमदाताहरुले पानी छ्यापाछ्याप र नुहाईधुवाई गरेर उत्सव मनाएका थिए ।

कोकाहाको पानी आएको केही समयपछि मेयर साम्पाङ पनि पकुवामा आए । उनी निकै भावुक बने । उनले कोकाहाको पानी धरान ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अब धरानमा पानीको अभाव नहुने अपेक्षा गर्दै खुसी मनाए ।

 


Thali Mobile Pvt.Ltd.