भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कोरोनाकाे विश्वभरि अपडेट : १८ हजार ९ सय ७ जनाको मृत्यु, ४ लाख बढी संक्रमित

कोरोनाकाे विश्वभरि अपडेट : १८ हजार ९ सय ७ जनाको मृत्यु, ४ लाख बढी संक्रमित

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म विश्वकामा १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । डब्लु एच ओले सार्वजनिक गरेकोे विवरणअनुसार ४ लाख २२ हजार ८ सय २९ जना कोरोनाको सङ्क्रमित छन् ।

अहिले सम्म १ लाख ९ हजार १ सय २ जना उपचारपछि घर फर्किएका छन् भने २ लाख ९४ हजार ८ सय २० जना उपचारारत छन् । कोभिड–१९ को सङ्क्रमण १ सय ९२ देशमा पुगिसकेको छ ।

‘विश्वव्यापी महामारी’ को रुपमा फैलिएको कोरोनाबाट सतर्क रहन विश्व स्वास्थ्य संगठनले सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोनाबाट चीनमा ३ हजार २८१ जनाको मृत्यु, ८१ हजार २१८ जना सङ्क्रमित छन भने ७३ हजार ६५० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीमा ६ हजार ८२० जनाको मृत्यु, ६९ हजार १७६ जना सङक्रमित, ८ हजार ३२६ उपचारपछि घर फर्किएका छन् । इरानमा १ हजार ९३४ जनाको मृत्यु, २४ हजार ८११ जना सङक्रमित, ७ हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा २ हजार ९९१ जनाको मृत्यु, ४२ हजार ५८ जना सङक्रमित, ३ हजार ७९४ व्यक्ति उपचारपछि घर फर्किएका छन् । जर्मनीमा १५९ व्यक्तिको मृत्यु, ३२ हजार ९९१ जना सङक्रमित, ३ हजार ९० उपचारपछि घर फर्किएका छन् । अमेरिकामा ७८२ जनाको मृत्यु, ५४ हजार ८६७ जना सङक्रमित, ३७८ उपचारपछि घर फर्किएका छन् ।

फ्रान्समा १ हजार १०० जनाको मृत्यु, २२ हजार ३०४ सङ्क्रमित, ३ हजार २८१ उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा १२६ व्यक्तिको मृत्यु, ९ हजार १३७ सङ्क्रमित ३ हजार ७३० उपचारपछि घर फर्किएका छन् । स्विट्जरल्याण्डमा १२२ व्यक्तिको मृत्यु, नौ हजार ८७७ सङ्क्रमित, १३१ जना उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा ४२२ व्यक्तिको मृत्यु, ८ हजार ७७ सङ्क्रमित, १३५ जना उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा २७६ व्यक्तिको मृत्यु, ५ हजार ५६० सङ्क्रमित, २ जना उपचारपछि घर फर्किएका छन् ।

अष्ट्रियामा २८ व्यक्तिको मृत्यु, ५ हजार २८३ सङ्क्रमित, ९ जना उपचारपछि घर फर्किएका छन् । बेल्जियममा १२२ व्यक्तिको मृत्यु, ४ हजार २५९ सङ्क्रमित, ४६१ जना उपचारपछि घर फर्किएका छन् । नर्वेमा १२ व्यक्तिको मृत्यु, २ हजार ८६६ सङ्क्रमित, ६ जना उपचारपछि घर फर्किएका छन् ।

अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २ जनाकाे मृत्यु भएकाे छ ।

रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०, पानामामा ६, अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बङ्गलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

नेपाल, म्यानमार काजाकिस्तान, कङ्गो भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, बेनिन आदि देशहरुमा सङ्क्रमित भेटिएको र मृत्यु नभएको जनाईएको छ ।