भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

मतपेटिका लुटिएपछि दोलखाको मालु मतदान स्थल रित्तियो

मतपेटिका लुटिएपछि दोलखाको मालु मतदान स्थल रित्तियो

काठमाडौं, २१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा मतपेटिका लुटिएपछि मतदान प्रक्रिया रोकिएको छ । घटनापछि मतदान स्थल खाली जस्तै बनेको छ भने मतदाता र दलका प्रतिनिधि पनि फर्किएका छन् ।

जिल्ला प्रशासनका अनुसार लुटिएको भनिएका मतपत्रमध्ये केही अझै फेला परेको छैन । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार करिब ५४ देखि ५५ वटा मतपत्र हराएकोमा हालसम्म ४४ वटा मात्रै फेला परेका छन् । बाँकी मतपत्रको खोजी कार्य जारी रहेको उनले बताए । मतपत्र लुट्ने क्रममा केही दलका प्रतिनिधिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातसमेत गरेको जनाइएको छ । विवाद चर्किँदै गएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बिहान करिब ११ बजे हवाई फायर गरेको थियो ।

घटनापछि मतदान स्थलमा रहेका मतदाता तथा दलका कार्यकर्ताहरू पनि त्यहाँबाट फर्किएको प्रशासनले जनाएको छ । अहिले मतदान केन्द्र आसपासमा सामान्य अवस्था रहे पनि मतदान पुनः सुरु गर्नेबारे निर्णय हुन बाँकी रहेको छ । प्रशासनका अनुसार अब जिल्ला सुरक्षा समन्वय समितिको बैठकले आगामी निर्णय गर्नेछ । घटनाको क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामध्ये तामाकोशी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ र अर्जुन योगी रहेका छन् । यद्यपि स्थानीय प्रशासनले मतपत्र लुटिन थालेपछि बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा लगेर राखिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.