भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

सार्वजनिक बिदामा पनि बैंक खुल्ने, कुन बैंक कहाँ सञ्चालनमा ?

सार्वजनिक बिदामा पनि बैंक खुल्ने, कुन बैंक कहाँ सञ्चालनमा ?

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि सार्वजनिक बिदामा बैंक सेवा भने पूर्ण रूपमा बन्द नहुने भएको छ । अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखामार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने भएका हुन् ।

फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा परे पनि अर्थतन्त्रसँग जोडिएका आधारभूत गतिविधि सञ्चालनमा राख्न राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा दिन निर्देशन दिएको थियो । विशेषगरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलका निर्वाचन खर्चसम्बन्धी कारोबार र दैनिक नगद आवश्यकतासँग सम्बन्धित सेवा बन्द हुँदा समस्या आउन सक्ने भएकाले सेवा सञ्चालन गर्न भनिएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार २० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक अधिकांश बैंकहरूले निर्वाचन बिदाका दिन तोकिएका शाखा खुला राख्ने सूचना जारी गरेका छन् । सिद्धार्थ बैंकले भने होलीडे काउन्टर बन्द रहने जनाएको छ ।

कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ?

नबिल बैंकले कोशी प्रदेशका विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक शाखा सञ्चालन गर्ने जनाएको छ । मधेशमा वीरगन्ज र जनकपुर पिडारीचोक, गण्डकीमा पोखरा, लुम्बिनीमा बुटवल, भैरहवा र नेपालगञ्ज, सुदूरपश्चिममा धनगढी तथा कर्णालीमा सुर्खेत शाखा खुला रहनेछन् । बागमती प्रदेशमा तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखाबाट सेवा उपलब्ध हुनेछ ।

प्रभु बैंकले बबरमहलस्थित मुख्य कार्यालयसहित जनकपुर, पोखरा (रत्नचोक), इटहरी, कमलादी, विराटनगर, वीरगन्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र थानकोट शाखा सञ्चालनमा रहने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विराटनगर, वीरगन्ज, जनकपुर, दरबारमार्ग, सिपाडोल, पुल्चोक, ठमेल, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट सेवा दिनेछ ।

कृषि विकास बैंकले बिहान १०:०० देखि दिउँसो १:३० बजेसम्म विभिन्न शाखा खुला राख्ने जनाएको छ । कञ्चनबारी, धरान, बर्दिबास, सिमरा, जोरपाटी, लगनखेल, रत्नपार्क, नारायणगढ, हेटौँडा, पोखरा, पालुङटार, भैरहवा, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखाबाट सेवा उपलब्ध हुनेछ ।

नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंकग्लोबल आइएमई बैंकले पनि देशभरका तोकिएका शाखा खुला राख्ने जानकारी दिएका छन् । सातै प्रदेशका मुख्य शाखाबाट सार्वजनिक बिदामा बैंक सेवा उपलब्ध गराइने सम्बन्धित बैंकहरूले जनाएका छन् ।