भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

वीरगंजमा धार्मिक सद्भाव बिथोल्ने योजना, तीन जना पक्राउ

वीरगंजमा धार्मिक सद्भाव बिथोल्ने योजना, तीन जना पक्राउ

काठमाडौं, २० फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीरगंजमा धार्मिक सद्भाव बिथोल्ने प्रयास गरिएको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाले शंकास्पद समूहलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीलाई बुझाएको जनाएको छ ।

प्राप्त सूचनाअनुसार उक्त समूहले वीरगंज महानगरपालिका–१६ स्थित मस्जिद परिसरमा सुँगुरको टाउको फाल्ने तथा पटाका प्रयोग गरी आतंक सिर्जना गर्ने योजना बनाएको थियो । यस घटनाले निर्वाचन प्रभावित पार्ने र धार्मिक द्वन्द्व निम्त्याउने जोखिम देखिएको सुरक्षास्रोतले जनाएको छ ।

उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोक क्षेत्रमा राति १२ः३० बजेदेखि २ः३० बजेसम्म निगरानी र पछ्याउने क्रममा समूहका सदस्यलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि पर्सा प्रहरीलाई बुझाइएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन् । उनीहरूका साथबाट ठूलो परिमाणमा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो तार र सुँगुरको टाउको बरामद भएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनको मुखैमा यस्ता गतिविधिले सामाजिक सद्भाव र सुरक्षा अवस्थामाथि चुनौती खडा गर्न सक्ने भन्दै सतर्कता बढाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.