भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वीरगंजमा धार्मिक सद्भाव बिथोल्ने योजना, तीन जना पक्राउ

वीरगंजमा धार्मिक सद्भाव बिथोल्ने योजना, तीन जना पक्राउ

काठमाडौं, २० फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीरगंजमा धार्मिक सद्भाव बिथोल्ने प्रयास गरिएको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाले शंकास्पद समूहलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीलाई बुझाएको जनाएको छ ।

प्राप्त सूचनाअनुसार उक्त समूहले वीरगंज महानगरपालिका–१६ स्थित मस्जिद परिसरमा सुँगुरको टाउको फाल्ने तथा पटाका प्रयोग गरी आतंक सिर्जना गर्ने योजना बनाएको थियो । यस घटनाले निर्वाचन प्रभावित पार्ने र धार्मिक द्वन्द्व निम्त्याउने जोखिम देखिएको सुरक्षास्रोतले जनाएको छ ।

उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोक क्षेत्रमा राति १२ः३० बजेदेखि २ः३० बजेसम्म निगरानी र पछ्याउने क्रममा समूहका सदस्यलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि पर्सा प्रहरीलाई बुझाइएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन् । उनीहरूका साथबाट ठूलो परिमाणमा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो तार र सुँगुरको टाउको बरामद भएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनको मुखैमा यस्ता गतिविधिले सामाजिक सद्भाव र सुरक्षा अवस्थामाथि चुनौती खडा गर्न सक्ने भन्दै सतर्कता बढाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.