१२ बैशाख २०७७ काठमाडाैं । लकडाउन अवधिमा क्वारेन्टीनको अनुगमन, राहत र आउनसक्ने चुनौतीको सामना गर्ने योजना बनाएर जनचेतनाका कार्य अगाडि बढाईरहेको आठबीस नगरापालिका दैलेखका मेयर खड्गराज उपाध्यायले बताएका छन् । स्वयम सेवक परिचालन गरेर वास्तविक समस्यामा परेका नगरवासीलाई राहत दिने व्यवस्था मिलाएको भन्दै मेयर उपाध्यायले अति विपन्नलाई राहतमा पहिलो प्राथमिक्ता दिएको बताए ।
कैलाश खबरको विशेष टकमा कुरागर्दै मेयर उपाध्यायले कुनै पनि स्वास्थ्यकर्मीको कारोनाका कारणले मृत्यु भएमा तीनका परिवारलाई पाँच लाख रकम राहत उपलब्ध गराउने बताए । अहिले १ हजार २०६ जनालाई राहत वितरण गर्न लागिएको भन्दै भारतमा रोजगारीका लागि गएका र फर्किएकाहरुको लागि क्वारेन्टीनमा राखेर स्वाव परिक्षणको रिपोर्टपछि मात्र घर पठाउने व्यवस्था मिलाएको बताए ।
खेतियोग्य जग्गा बाँझो राख्ने मानिसलाई नगरपालिकाबाट पाउने सेवा सुविधा नदिने भन्दै उनले नगरवासीलाई बाँझो जग्गामा खेती गर्न अनुरोध गरेको बताए । कृषिक्षेत्रमा विशेष अनुदान मिलाएर भएपनि आत्मनिर्भर बन्न किसानलाई हौस्याएको बताए । सम्भावित चुनौती र अवस्था जटिल बन्न नदिन प्रदेश सरकार, विशेष गरी कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीसंग कुराकानी गरेर नगरपालिका अघि बढिरहेको बताए ।
बाँकी भिडियोबाट…
https://www.facebook.com/Kailashkhabarnews/videos/289538745370347/
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा...