भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

कोरोना महामारीमा पत्रकारका समस्या सहजीकरण गर्न सिसिटी गठन

कोरोना महामारीमा पत्रकारका समस्या सहजीकरण गर्न सिसिटी गठन

काठमाडौ । कोरोना भाइरस कोभिड–१९ को महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम सिसिटी गठन भएको छ । प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सहसंयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा पाँच सदस्यीय सिसिटी गठन गरेको हो ।

सिसिटीलाई सङ्क्रमित पत्रकारको सूचना सङ्कलन र विवरण एकीकृत गर्ने, सङ्क्रमितलाई परेको समस्या बुझ्ने र समाधानका लागि नेपाल पत्रकार महासङ्घसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ । सिसिटीले कोरोनाका कारण समस्यामा परेका, अस्पतालमा अक्सिजन नपाएर अलमलमा परेका, कार्यक्षेत्रमा तलब नपाएर जीविकोपार्जनमा समस्या भएका, जागिरबाट बिनाकारण निकालिएका पत्रकारको समस्या समाधानमा समेत सहजीकरण गर्ने प्रेस सङ्गठन नेपालका उपाध्यक्ष गोविन्द सचिन रोकाले बताउनुभयो ।

बैठकमा सङ्गठन नेपालका उपाध्यक्ष कमल गिरीले पत्रकार स्वमंले आफ्नो सुरक्षामा ख्याल गर्नुपर्ने बताउनुभयो । महामारीमा सहयोगका नाममा पैसा उठाएर दुरुपयोग गर्ने प्रवृत्तितर्फ पत्रकारले चनाखो भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशका इञ्चार्ज बिदुर खड्काले सबै मिलेर मात्रै महामारीसँग जुध्न सकिने बताउनुभयो ।

प्रतिष्ठान प्रदेशका संयोजक वीरेन्द्र वलीले सिसिटीले पत्रकारको समस्या सहजीकरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने बताउनुभयो ।  बैठकले पत्रकारलाई सङ्क्रमित बिरामी र बिरामीका आफन्तलाई मनोवैज्ञानिक असर नपर्ने ढङ्गले समाचार सम्प्रेषण गर्ने विषयमा सचेत रहन र सुरक्षाका मापदण्ड अपनाएर पत्रकारिता गर्न पनि आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.