भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने |

‘क्यान्टोन्मेन्ट’मा भ्रष्टाचार भएको ठहर भए म जेल जान तयार छुः प्रधानमन्त्री प्रचण्ड

‘क्यान्टोन्मेन्ट’मा भ्रष्टाचार भएको ठहर भए म जेल जान तयार छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ भएको ठहर भए आफू जेल जान तयार रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । प्रतिनिधिसभाको बिहीबार भएको बैठकमा उनले यदि भ्रष्टाचार भएको प्रमाणित भए त्यसको जिम्मेवारी लिँदै आफू जेल जान तयार रहेको बताएका हुन ।

बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ भ्रष्टाचार भएको भन्ने गरिएको बताए । शाहीले प्रश्न गरे, ‘पेन्सन र प्रहरीको तलब दिन नसक्ने स्थिति चार महिनादेखि देखापरेको छ ।

तपाईंको समाधान के ? पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण भएको रकममा व्यापक भ्रष्टाचार भएको आरोप छ । संसद्को विशेष समिति गठन गरेर यसको छानबिन गर्न तयार हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै भने, ‘क्यान्टोन्मेन्टको कुरा पूर्वाग्रही र कपोलकल्पित भएको भन्दै कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।’

शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोन्मेन्टको भौतिक पूर्वाधार र योद्धाहरूको रासनपानीका निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट, त्यसको हिसाबकिताब, त्यहाँ कोको थिए, ककसले लिए भन्ने कुरा सबै रेकर्ड रहेको बताए ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा.रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि पटाक्षेप भइसकेको विषय हो,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालीन समयमा भएका जघन्य अपराधमा सरकारले कसैलाई पनि उन्मुक्ति नदिइने प्रतिबद्धता व्यक्त गरे । संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अब सहमतिमा नै टुंगोमा पुग्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.