भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

खगराजलाई न्याय गर्न देउवाको आग्रह

खगराजलाई न्याय गर्न देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई न्याय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नै आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट कञ्चनपुरमा चुनाव लड्ने तयारी गरेपछि भट्टलाई न्याय गर्न आग्रह गरेका हुन् ।

देउवा डढेलधुरबाट चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारीमा छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिम नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्‍मा ल्याउने बताए ।

देउवाले भने, ‘खगराजजी मसँग लडेरै तीन पटक हार्नुभयो । यो पटक मैले न्याय गर्नुपर्छ । कैलाली वा कञ्चनपुरको कुनै एक क्षेत्रबाट सहयोग गरेर संसद्‍मा ल्याउनुपर्छ भन्ने सोचेको छु ।’ माओवादी नेता भट्टले देउवाको आशय बुझेरै कञ्चनपुर २ बाटै चुनाव लड्ने तयारी थालेको अभिव्यक्ति दिएका छन् ।

पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३ सय ६८ मतले हारेका उनले १९ हजार १ सय ६१ मत ल्याएका थिए । अब हुने चुनावमा देउवा डडेलधुराबाट चुनाव लड्ने भएपछि भट्टलाई कैलाली क्षेत्र चारबाट चुनाव लडाउने र लेखराज भट्टको क्षेत्रमा खगराज भट्टलाई लडाएर जिताउने तयारी उनीहरुले थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.