खोपका लागि आजदेखि पाँच दिन विद्यालय खुल्ने

खोपका लागि आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ । स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न भनेको छ । खोप अभियानका लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यो अवधीमा पनि पढाइ भने वैकल्पिक विधिबाट गर्न मन्त्रालयले सुझाव दिएको छ । अहिले खोप अभियानको लागि मात्रै विद्यालय खोल्ने निर्णय गरिएकाले भौतिक रुपमा विद्यालय खोल्ने नखोल्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको छ ।

सीसीएमसीको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरिएकाले सीसीएमसी कै सिफारिसमा मात्रै विद्यालय खोल्ने स्पष्ट पारेको छ । कोरोना सङ्क्रमण तीव्रगतिमा बढेपछि सरकारले गत पुस २५ गते देखि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.