काठमाडौं । आधुनिक निर्माण सामाग्री उत्पादन गर्दै आएको गोर्खा इको प्यालललाई कदर गरिएको छ । स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने गोर्खा इको प्यानललाई कोशी प्रदेश इन्जिनियरिङ एसोसिएसन विराटनगरले ६१ औ इन्जिनियर दिवस २०८० को अवसरमा सम्मान गरेको हो ।
हलुका, भूकम्प प्रतिरोधी, वातावरणमैत्री, तीव्र निर्माण सम्भब हुनेलगायतका अनेक कारणले आधुनिक निर्माण सामाग्रीको रुपमा देशैभरि गोर्खा इको प्यानल लोकप्रिय बन्दै गएको हो । भक्तपुरमा कर्पोरेट कार्यालय रहेको गोर्खा इको प्यानललाई कोशी सरकारले सम्मान गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सुरेश कवांलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । गोर्खा इको प्यानल आइएसओ सर्टिफाइड निर्माण सामाग्री उत्पादन कम्पनी हो । यो अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेमा कर्पोरेट अफिस भएको गोर्खा इको प्यालन देशभरि प्रयोग हुँदै आएको छ ।
