भर्खरै : Sorry, your browser does not support inline SVG.

ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो

ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो

काठमाडौं । सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ग्रिसको तटीय क्षेत्रमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर दुर्घटना लगत्तै एक सय ४ जना आप्रवासीलाई उद्धार गरेका छन् । जीवितै उद्धार गरिएकाले विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।

बुधबार भएको दुर्घटनापछि विहिबार पनि उद्धारको काम भैरहेको छ । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरले जनाएका छन् । दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन ।

आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । केही दिन पहिले नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको थियो । डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.