भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो

ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो

काठमाडौं । सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ग्रिसको तटीय क्षेत्रमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर दुर्घटना लगत्तै एक सय ४ जना आप्रवासीलाई उद्धार गरेका छन् । जीवितै उद्धार गरिएकाले विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।

बुधबार भएको दुर्घटनापछि विहिबार पनि उद्धारको काम भैरहेको छ । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरले जनाएका छन् । दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन ।

आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । केही दिन पहिले नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको थियो । डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.